एस्ट्राजेनेका खोपको दोस्रो डोज सोमबारबाट लगाइने « Drishti News – Nepalese News Portal
Logo

एस्ट्राजेनेका खोपको दोस्रो डोज सोमबारबाट लगाइने


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज भोलि (सोमबार)बाट लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा एस्ट्रजेनेकाको दोस्रो डोज सोमबारबाट लगाइने जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको अनुसार काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप लगाएकालाई दिइने छ ।

एस्टाजेनेकाको दोस्रो डोज काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा लगाइने छ ।

जिल्ला स्वास्थ्य कार्यालयको अनुसार महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाइने छ ।

काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने छ ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्