Logo
Logo

पाँचथर दुर्घटना अपडेट : चार जनाको मृत्यु



पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

आज (सोमबार) फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी मोरङ लेटाङका सात वर्षीय प्रज्जल मगर, इलामका ३४ वर्षीया प्रमिला देवान र उनका सात महिने छोरा निस्चल देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

उनीहरुको पाँचथरको समर्पित अस्पतालमा उपचारका क्रकमा मृत्यु भएको हो । एकजनाको पहिचाहन खुल्न बाँकी रहेको विश्वकर्माले बताए ।

घाइतेमध्ये ४ जानालाई झापा रेफर गरिएको छ । घाइते १३ जानालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट वीपी अस्पताल धरान लाने तयारी गरिएको छ । सूचना अधिकारी विश्वकर्माको अनुसार सेनाको एम आइ १७ हेलिकप्टर फिदिमतर्फ उडिसकेको छ ।

दुर्घटनामा बसमा सवार ६५ यात्रु घाइते भएका थिए । घाइतेमध्ये १५ बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्