Logo
Logo

नेपाल हिन्दु राष्ट्र नै हो : शंकराचार्य



रूपन्देही । भारतको जगन्नाथ पुरीस्थित गोबर्द्वन मठका मठाधिश एवं हिन्दु धर्मका सम्राट शंकराचार्य स्वामी निश्चलानन्दले नेपाल हिन्दु राष्ट्र भएको बताएका छन् ।

तीनदिने यात्राका क्रममा रूपन्देहीको भैरहवा आएका उनले धर्मसभालाई संबोधन गर्दै नेपाल विगत, वर्तमान र भविष्यमा पनि हिन्दु राष्ट्र नै भएको बताएका हुन् ।

उनले नेपालबाट सुरु गरेको यो धार्मिक अभियानलाई एसिया भरी फैलाउने लक्ष्य भएको बताए ।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न दवाव दिने उद्देश्यले आयोजना गरिएको धर्मसभालाई सम्बोधन गर्न उनलाई ल्याइएको हो । आज सोमवारदेखि आयोजना हुन लागेको अन्तरर्राष्ट्रियस्तरको धार्मिक महासभामा भाग लिन शंकराचार्य नामले परिचित ८० वर्षीय स्वामी नेपाल आएका हुन् ।

उक्त धार्मिक सम्मेलनको आयोजना विश्व ॐकार एकता महाअभियानले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्