Logo
Logo

अर्थमन्त्री शर्मा र फ्रान्सका राजदूत बोर्बाआबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न राजदूतमार्फत फ्रान्सका लगानीकर्तालाई आग्रह गरे ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदूत बोर्बाओलाई आग्रह गरे । कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति र्पुयाएकोले त्यसको पुनर्निर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको अर्थले जनाएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्