Logo
Logo

हिउँमा फसेका चार जनाको हेलिकोप्टरमार्फत उद्धार



सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ ।

मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकाेप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए ।

मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ, दीपक कुलुङ, दीनेन्द्र कुलुङलाई हेलिकाेप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताए । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताए ।

मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो ।

गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्