Logo
Logo

३ महिनाको वैदेशिक व्यापारः रू. ५ खर्ब ४३ अर्बको व्यापारमा निर्यात रू. ६५ अर्ब



काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा नेपालको वैदेशिक व्यापार कुल रू. ५ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । नेपालले १३२ देशसँगको व्यापारमा रू. ४ खर्ब ७८ अर्ब ५२ को वस्तु तथा सामग्रीहरू ३ महिनामा आयात गरेको छ ।

भन्सार विभागले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो ३ महिनामा वैदेशिक व्यापारमा गत वर्षको तुलनामा वृद्धि भएको छ । कुल वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा कुल व्यापार रू. ३ खर्ब २३ अर्ब ३१ करोड थियो ।

नेपालको निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । नेपालबाट चालू आवको यस अवधिमा रू. ६५ अर्ब ५ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष सोही अवधिमा नेपालले रू. ३१ अर्ब ४ करोडका वस्तुहरू निर्यात गरेको थियो । गत वर्ष २०७७/७८ को तुलनामा निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा व्यापार घाटा ५८ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्कअनुसार चालू आवको पहिलो त्रैमासको व्यापार घाटा रू. ४ खर्ब १३ अर्ब रहेको छ । गत आवको यही अवधिमा यस्तो घाटा रू. २ खर्ब ६१ अर्ब थियो ।

चालू आवको ३ महिनामा नेपालबाट रू. २२ अर्ब २ करोड मूल्यको भटमासको तेल निर्यात भएको छ । रू। ४ अर्ब ८५ करोडको पाम तेल निर्यात भएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्