Logo
Logo

काठमाडौं प्लाजामा प्रभु जोडिएपछि…



काठमाडौं । प्रधान्यायाधीशको पदमा बसेर राज्यका सबै अंग कब्जा गर्ने महत्वाकांक्षाका कारण यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संकटमा छन् । राणाले संवैधानिक निकायको नियुक्तिमा भागबन्डा मात्र होइन, सर्वाेच्चभित्र हुने डरलाग्दो सेटिङमा पनि संलग्न छन् ।
त्यसको एउटा उदारण काठमाडौं प्लाजा हो । जहाँ प्रधान्यायाधीश राणाकै कारण राज्यले दैनिक दुई लाख रुपैयाँ घाटा बेहोरिरहेको छ । प्रधानन्यायाधीश राणा निकट एक समूहलाई सो भवन लिजमा दिलाउन यसरी चलखेल भएको स्रोत बताउँछ । अदालतले सो भवन कसैलाई पनि भाडामा नदिन आदेश दिँदा भवन रिक्त हुन पुगेको र मासिक ६० लाख रुपैयाँ नेपाल ट्रष्टले घाटा बेहोर्दै आएको छ ।

प्रभुशम्शेर राणा

आठ रोपनी एक आना जग्गामा काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्सले लिजमा लिएर सञ्चालन गर्दै आएको थियो । उससँगको लिज सम्झौता २ असार ०७७ मै सकियो ।
हालको मूल्यांकनअनुसार काठमाडौं प्लाजाबाट मासिक करिब ६० लाख भाडा उठ्नेमा कन्सेप्ट डेभलपर्सले वार्षिक ७५ लाखमात्र तिर्दै आएको थियो । त्यसको पनि पछिल्लो ८ महिनाको भाडा उसले तिरेको छैन । जब कि उसले व्यवसायीहरूबाट मासिक भाडा करिब ५० लाख उठाएको स्रोत बताउँछ ।

यसअघि ट्रस्टले भवन काठमाडौं महानगरलाई मासिक करिब ६० लाख भाडामा दिने सहमति गरिसकेको थियो । तर, कन्सेप्ट डेभलपर्सका पूर्वसञ्चालक सुवासराज काफ्लेले दायर गरेको रिटमा उच्च अदालत पाटनले तत्काल महानगरपालिकासँग सम्झौता नगर्न आदेश दिएपछि रोकिएको थियो ।

नियतवशरुपमा त्यससम्बन्धी मुद्दा लम्बाइएको स्रोत बताउँछ । गत असोज १९ गते सर्वाेच्चले त्यसमा बाटो खोल्ने अपेक्षा नेपाल ट्रष्टको थियो । तर, उच्च अदालतमा त्यसबारे भएका निर्णय माग्ने आदेश दिएर अनिश्चितकालका लागि मुद्दा लम्बाउने काम भयो । स्रोतका अनुसार मुद्दा हाल्ने काफ्ले र प्रधानन्यायाधीश राणाका भाई प्रभु शमशेरका कारण सर्वाेच्चबाट यो मुद्दा लम्बिएको हो । त्यही समूहबाट काफ्लेले सो भवन लिजमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्