Logo
Logo

बेपत्ताहरुको खोजीमा तालिम प्राप्त कुकुर परिचालन



फाईल तस्विर

काठमाडौं । लगातारको वर्षाले बाढीपहिरो आएर बेपत्ता भएकाको खोजीका लागि पाँचथरमा तालिम प्राप्त कुकुर परिचालन गरीएको छ ।

पाँचथरमा बाढीपहिरामा परी एक सातादेखि अझै तीन जना बेपत्ता छन् । हालसम्ममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

बेपत्ता भएका तीन जाना नै मिक्लाजुङ गाउँपालिकाका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रहरीका अनुसार तालिमप्राप्त कुकुर सोमबार नै मिक्लाजुङ आइपुगेका छन् । आज ‘मंगलबार’ बाट ती कुकुरले बेपत्ताको खोजी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्