काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालय बदनाम भएको सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूले निष्कर्ष निकालेका छन् ।

मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा गर्न सुझाव दिएपछि उनीहरू बेग्लै छलफलमा जुटेका थिए । उक्त छलफलले प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको हो । उनीहरुले राजीनामा दिनुको विकल्प नरहेको निष्कर्ष समेत निकालेका छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले पनि प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषद्मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश जबरा पछिल्लो समय विवादमा तानिएका छन् ।














