Logo
Logo

उद्धारमा सरोकारवाला निकायको भूमिकाप्रति गृहमन्त्री असन्तुष्ट



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो लगाएतका प्रकोपपछिको उद्धार लगाएतका कार्यमा सुरक्षा निकायबाहेक अन्य सरोकारवाला निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गृह मन्त्रालयको आयोजनामा मंगलबार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँडले प्राकृतिक प्रकोप न्युनिकरण र प्रकोपपछिको उद्धार लगाएतका व्यवस्थापका कार्यमा सुरक्षा निकाय बाहेकका निकायको भूमिका सन्तोषजनक नरहेको बताएका हुन् ।

विपद्को उद्धार लगाएतका काममा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले छिटो भन्छा छिटो जुट्ने गरेको तर अन्य निकायहरुले भने ढिलासुस्ती गर्ने गरेको उनको भनाई छ । उनले बिपद्पछि तत्काल राज्यको उपस्थीती नै जनताको अपेक्षा हुने गरेको भन्दै पूर्वाधार निर्माणमा सम्बन्धीत निकायबीच समन्यव हुनुपर्ने धारणा पनि राखे ।

उनले प्राकृतिक बिपद्बाट क्षति हुने क्षेत्रमा तयारी अवस्थामा प्राविधिक राख्न पनि समस्या हुने गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्