Logo
Logo

‘शहीदका विषयमा विवाद नगरौँ’



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शहीदका विषयमा विवाद नगर्न आग्रह गरेका छन् ।

उनले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिएका हुन् ।

गोकर्णेश्वर नगरपालिका–४ जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा आयोजना गरेको वृक्षरोपणको शुभारम्भ गर्दै उनले शहीदहरूलाई यो वा त्यो राजनीतिक दलसँग आबद्ध थिए भन्नु न्यायसङ्गत नहुने बताए ।

उद्यानमा भौतिक संरचनालगायत आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय र व्यक्तिगत रुपमा हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले राष्ट्रिय शहीद तथा शान्ति उद्यानलाई अझ व्यवस्थित तुल्याउन सम्बद्ध पक्षसँग आग्रह थियो ।

उनले भने, ‘नेपाल भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई देखाउने उद्यानको रुपमा यसलाई व्यवस्थापन र विकास गरौँ ।’

प्रतिक्रिया दिनुहोस्