Logo
Logo

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सक्ने आधार प्रशस्त छ : नेता बिडारी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताएका हुन् ।

न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाको अवस्था भएको उनले बताए । आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको उनको भनाई छ ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारे । उनले न्यायालयको पूनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताए ।

त्यस्तै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारे ।

उनले आजको अवस्थामा पुर्याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्