Logo
Logo

बागमतीमा आज मुख्यमन्त्रीको छिनोफानो



तस्बिर साभारः अनलाइनखबर

काठमाडौं । बागमीत प्रदेश सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाको आज बस्ने बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

अल्पमतमा परेकी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् । सभामुख श्रेष्ठका अनुसार आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइनेछ ।

मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् ।

प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

बागमती प्रदेश संसदीय दलको नेतामा गत भदौ २ गते सर्वसम्मतिमा चयन भएसँगै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिईन् । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभाका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्