Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । बुधबार देशको पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आज देशका केहि स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भू-भागका केहि स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्