Logo
Logo

न्यायाधीशहरुको बहिस्कारबीच प्रधानन्यायाधीशको इजलासमा सुुनुवाइ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ भएको छ । बुधबार आफूमात्रै रहने इजलास तोकेर प्रधानन्यायाधीश जबराले पाँच वटा मुद्धाको सुनुवाइ गरेका हुन् ।

न्यायाधीशहरुको इजलास बहिष्कारबीच प्रधानन्यायाधीश जबराले बुधबार सुुनुवाइ गर्दै दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् । त्यस्तै एक मुद्दा तामेलीमा राखेका छन् भने एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ भने सम्पत्ति द्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ ।

यस्तै, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट र जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।

प्रधानन्यायाधीशको कार्यशैलीको विरोध गर्दै इजलास न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिस्कार गर्दै आएका छन् । न्यायाधीशहरुले उनको राजीनामा माग्दै आएका छन् । आज पनि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्