Logo
Logo

५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाण्डेले बुधबार नै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

बागमती बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन् ।

बिहीबार नै गठबन्धनका दलबाट १-१ जनाले मन्त्रीको शपथ लिने बताइएको छ । गठबन्धनका तर्फबाट नेतृत्व गर्ने मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्