गृह मन्त्रालयका १३ उपसचिवको काज सरुवा « Drishti News – Nepalese News Portal
Logo

गृह मन्त्रालयका १३ उपसचिवको काज सरुवा


दृष्टि संवाददाता


काठमाडौँ । गृह मन्त्रालयले उपसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले १३ जना उपसचिवको काज सरुवा गरेको हो ।

गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् ।

लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटामा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्