महाकालीमा डुंगा दुर्घटना : एक जनाको मृत्यु, एक बेपत्ता « Drishti News – Nepalese News Portal
Logo

महाकालीमा डुंगा दुर्घटना : एक जनाको मृत्यु, एक बेपत्ता


दृष्टि संवाददाता


बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव बिहीबार बिहान महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्