Logo
Logo

लुम्बिनी प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार निर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका छन् ।

सभामुख पुर्णबहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए ।

आजको बैठकमा प्रदेशसभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो ।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला ओली खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्