Logo
Logo

प्रतिनिधिसभा बैठक कात्तिक २९ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित गरिएको छ । बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजेम्मका लागि स्थगित सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेका थिए । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका थिए ।

एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाहीमा परेको सूचना टाँस नगरेको भन्दै सभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । एमाले फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ ।

एमालेको अवरोधबीच सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाएका थिए । राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुतसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्