Logo
Logo

कृष्णप्रसाद खनाललाई अवसर- जता गए पनि मन्त्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री पाण्डेसँगै तीन मन्त्रीले समेत आजै पद तथा गोपनियताको सपथ लिए ।

तीन मध्येका एक हुन्, कृष्णप्रसाद शर्मा खनाल । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका खनालले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस अघि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको सरकारमा खनाल समाजिक विकासमन्त्री थिए । उनले सामाजिक विकासमन्त्रीको रुपमा १५ दिनसम्म काम गरे । २०७८ भदौ २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएका खनालले नयाँ दल रोजेपछि पदबाट राजीनामा दिएका थिए ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाएलगत्तै नयाँ दल रोजेका खनालले नयाँ दल रोज्नु पर्दा पदबाट राजीनामा थिएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आज गठन भएको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा समेत खनालले मन्त्रीको जिम्मेवारी पाए ।

कृष्णप्रसाद शर्मा खनालकाे राजनीतिक यात्रा

२०३४ सालमा कोअर्डिनेशन केन्द्रबाट राजनीतिमा आएका उनी २०३५ सालमा कोअर्डिनेशन केन्द्र मालेमा परिणत भएसँगै उनले त्यसै पार्टीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाए । २०४७ सालसम्म उनले मालेमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । उनी २०४७ मा एमालेमा आवद्ध भए ।

२०६५ सालमा एमालेको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका खनाल २०७१ सालमा केन्द्रीय सदस्य र चितवन जिल्ला इञ्चार्ज बने ।

प्रतिक्रिया दिनुहोस्