Logo
Logo

बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाकाे परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरो र डुबानका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

सरकारले यसअघि बाढीपहिरो र डुबानमा परी मृत्यु हुने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरिसकेको छ ।

त्यस्तै सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्