Logo
Logo

कृष्णलाल भँडेल : वडा अध्यक्षदेखि प्रदेश मन्त्रीसम्म



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्नत्री पाण्डेसँगै तीन मन्त्रीले समेत आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

तीन मन्त्री मध्येका एक हुन्, भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री भँडेल भक्तपुर निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा जन्मेका भँडेल हाल नेपाली काँग्रेसको भक्तपुर जिल्लाको पार्टी सदस्य छन् । बाबु मंगललाल भँडेल र आमा सेतीमाया भँडेलको कोखबाट जन्मेका उनी २०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

प्रदेशसभाको सदस्य निर्वाचित हुनुअघि भँडेल २०४८ सालमा वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । तर, उपनिर्वाचनमा उनले तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गर्दै प्रदेशसभामा प्रवेश गर्ने अवसर पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्