Logo
Logo

न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले न्यायालयको प्रतिष्ठामा विवाद आउनु अनिष्टको संकेत भएको बताए ।

उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरे । उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालय भित्रबाटै हुनुपर्ने बताए ।

उनले भने, ‘न्यायालय, सुरक्षा अंग, तिनीहरुमा पर्याप्त रुपान्तरण र परिवर्तन सकेनौं, त्यो कारणले न्यायाधीशको नियुक्तिदेखि लिएर सबै प्रक्रिया त्रुटिपूर्ण छन्, भागबण्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो, अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो ।’

प्रतिक्रिया दिनुहोस्