Logo
Logo

कांग्रेसले फेरि सार्‍यो महाधिवेशनको मिति



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ मिति तोकेको हो।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

वडा अधिवेशन भने कात्तिक २७ देखि हुनेछ । कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्