Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको छ ।

बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदनका लागि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

एमालेले पार्टीको महाधिवेशनमा आउने प्रतिनिधिबारे बिहीबार स्थायी कमिटीमा छलफल गरेको थियो । एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ ।

महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

एमाले नेताहरुका अनुसार महाधिवेशन तयारीलगायत विषयमा आज केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्