Logo
Logo

प्रधानन्यायाधीश जबराले तोके संयुक्त इजालास


1.8k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालसँग संयुक्त इजलासमा पेसी तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाँल, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा र डा.कुमार चुडालको संयुक्त इजलास गठन गरेका हुन् ।

एकल इजलासमा डा. आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् । बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दाको पेसी तोकेर ५ वटै मुद्दामा आदेश गरेका थिए ।

शुक्रबारका लागि पनि आफ्नो एकल इजलास तोकेर सुनुवाई गर्ने आशंकालाई चिर्दै प्रधानन्यायाधीशले आफूलाई संयुक्त इजलासमा राखेका छन् । तर, न्यायाधीशहरूले शुक्रबारका लागि पनि आन्तरिक छलफल राखेका कारण एकल वा संयुक्त इजलास बस्ने सम्भावना ज्यादै कम छ ।

प्रतिक्रिया दिनुहोस्