एमालेले महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्दै « Drishti News – Nepalese News Portal
Logo

एमालेले महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको छ ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन कार्यक्रम रहेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्