Logo
Logo

ओलीले दुई केन्द्रीय सदस्यलाई सपथ गराउँदै गर्दा रावलको आपत्ति



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीमा मनोनित भएका दुई सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित कुन्दन कुशवाहा र महम्मद समिरलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले उनीहरुलाई सपथ खुवाउँदै गर्दा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

यसअघि बसेको स्थायी कमिटी बैठकले एमालेबाट असन्तुष्ट भनिएका नेता प्रभु साह निकटका कुशवाहा र समिरलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठकमा समेत उपाध्यक्ष रावलले मनोमानी रुपमा सदस्य नथप्न भन्दै आपत्ति जनाएका थिए ।

कुश्वाहा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट माओवादी केन्द्रको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । त्यसैगरी समीर माओवादी केन्द्रको सिफारिसमा प्रदेश २ को समानुपातिक सांसद थिए । दुवै नेता साहसँगै लागेपछि पार्टीले सांसद पदबाट कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्