Logo
Logo

चिसोले छाङरु सर्‍यो टिंकर प्रहरी



दार्चुला । सिजनअघि नै जाडो बढेपछि दार्चुलाको व्यास–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङरु सरेको छ । कात्तिक पहिलो साताको हिमपातका कारण अत्यधिक चिसो बढेपछि टिंकरको प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । पिउने पानी बग्न छाडेको र अढाई फिट जमेको हिउँमा हिँडेर प्रहरी टोली टिंकरबाट झरेको भट्टले बताए ।

दार्चुलाको व्यास गाउँपालिका–१ छियालेकस्थित जीर्ण अवस्थाको नेपाल प्रहरीको सीमा प्रहरी चौकी । तस्बिर : मनोज बडू/कान्तिपुर

समुद्र सतहबाट ३ हजार ७ सय मिटर उचाइको टिंकर गाउँमा झन्डै ८० परिवारको बसोबास छ । हिउँदको चिसो छल्न उनीहरू बेंसी ९सदरमुकाम खलंगा० झर्ने गर्छन् । कात्तिक मसान्तसम्म गाउँमै बस्दै टिंकरका बासिन्दा अहिले सुरक्षाविहीन बनेका छन् । सीमा क्षेत्र र नागरिकको सुरक्षाका लागि बसेको प्रहरी स्थानीयभन्दा अघि प्रहरी तल झरेको स्थानीयको भनाइ छ ।

सीमा प्रहरी चौकी टिंकरका इन्चार्ज प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको टोली कात्तिक ६ गते छाङरु सरेको हो । टिंकर गाउँभन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । सीमा चौकी छोडेपछि अहिले टिंकर गाउँसम्म छाङरुबाटै गस्ती भइरहेको प्रहरीले जनाएको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्