Logo
Logo

‘स्टोर प्रयोजन’ का नाममा नेता र आफन्तको रजगज



जिल्ला समन्वय समिति सुर्खेतको स्वामित्वमा रहेको वीरेन्द्रनगर–७ स्थित सरकारी आवास गृह ।

सुर्खेत । वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री निवासको बायाँतर्फ आर्थिक मामिला तथा योजनामन्त्रीको सरकारी निवास छ । सरकारी आवास क्षेत्रमा पनि मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीका लागि भवन उपलब्ध छन् । तर मन्त्री गोपाल शर्मा ती सरकारी भवनमा बस्दैनन् ।

मन्त्रालयले वीरेन्द्रनगरको इत्राम शंकरचोकस्थित डन्डप्रसाद न्यौपानेको घरका दुई तला ‘स्टोर प्रयोजन’ का लागि भन्दै भाडामा लिएको छ ।

मन्त्री शर्मा त्यही स्टोर भनिएको आवासमा बस्छन् । दुई तलाको भाडाबापत मन्त्री शर्माबाट मासिक ५० हजार बुझिरहेको घरधनी न्यौपानेले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखापाल दीपेन्द्र सिंहका अनुसार मन्त्री शर्माको घर भाडाका लागि मुख्यमन्त्री कार्यालयले मासिक २५ हजार दिंदै आएको छ ।

बाँकी रकम अर्थ मन्त्रालयले ‘स्टोर प्रयोजन’ का नाममा खर्च गरिरहेको प्रदेश सरकारका एक सचिव बताउँछन् । मन्त्री हुनुअघिसम्म शर्मा सांसदका लागि उपलब्ध सरकारी आवासमै बस्थे ।

पर्यटनमन्त्रीको आवाससँगै जोडिएको उक्त सरकारी भवन अहिले मन्त्री शर्माका आफन्त र नजिकका कार्यकर्ताले ओगटेका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्