कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिको दर्शन « Drishti News – Nepalese News Portal
Logo

कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिको दर्शन


दृष्टि संवाददाता


तस्विर : रातोपाटीबाट

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।

उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थि । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थियो । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।

यो पनि

प्रतिक्रिया दिनुहोस्