Logo
Logo

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल भएको छैन : माधव नेपाल


441
Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै उनले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत रहेको बताए ।

उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने बताए ।

त्यस्तै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप पनि लगाए । आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्