Logo
Logo

काबुलमा उद्दारको पर्खाइमा रहेका ३३ जना नेपाली काठमाडौं आइपुगे



काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । यससँगै काबुलबाट नेपालीको उद्धार गर्ने कार्य सकिएको छ ।

काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ । शनिबार बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए ।

अफगानिस्तामा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए । उद्दारको खर्च नेपाल सरकार आफैँले व्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि नै अन्य नेपालीको उद्दार भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्