Logo
Logo

‘एमालेले हामीलाई जबरजस्ती कमिटीमा राख्यो’



कैलाली । नेकपा एमालेले आफूहरुलाई जबरजस्ती स्थानीय कमिटीमा राखेको सुन्दरी चन्द र सुमित्रा आचार्यले बताएका छन् । उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै आफहरु नेकपा माओवादीमै रहेको समेत प्रष्ट पारेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नंं. ४ को वडा अधिवेशनमा आफूलाई ‘एउटा सल्लाह छ भनि बोलाएर वडा कमिटीमा राखेको उनीहरुको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८-७-१२ गते नेकपा एमालेको वडा अधिवेशनमा हामीलाई अन्य प्रायोजनका लागि सल्लाह छ भनि बोलाई जबरजस्ती वडा कमिटीमा राखेको हुँदा हामीहरुलाई एमालेमा बस्ने इच्छा नभएको व्यहोरा सबैलाई जानकारी गराउँछौँ ।’ चन्द र आचार्यले दुवै जना नेकपा माओवादी केन्द्रमै रहेर पार्टीको नीति र विधिअनुसार सक्रिय रहने बताएका छन् ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत वडा र पालिकास्तरको अधिवेशन केही स्थानमा सम्पन्न गरिसकेको छ । एमालेले वडा र पालिकाहरुको अधिकांश नेतृत्व सर्वसम्मतले चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्