Logo
Logo

‘दुई गाँस भात खानेलाई चाहिँदैन करोडौँको भाँडाकुँडा’


2.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा करोडौँको बिलासिताका सामान खरिद गरेको’ भन्ने आरोपको खण्डन गरेका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा आयोजित एक कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए । तर, प्रचण्डको उक्त आरोपलाई अध्यक्ष ओलीले खण्डन गरेका छन् ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन् । मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलील भने, ‘प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानुपर्यो होला, खान पकाउनुपर्यो होला । त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको खान खाएर बस्छु अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ?’ उनले एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने बताए ।

प्रतिक्रिया दिनुहोस्