Logo
Logo

थप ३२ नेपालीको उद्धार, अफगानिस्तानमा अब नेपाली नभएको परराष्ट मन्त्रालयको दाबी



काठमाडौँ । अफगानिस्तानमा बाँकी रहेका ३२ नेपालीको उद्धार गरिएको छ । सरकारले अफगानिस्तानमा उद्धारको फर्काइमा रहेका नेपालीको उद्धार गरेको छ ।

शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरु स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले योसँगै अफगानिस्तानमा अब उद्दारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको दाबी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले उद्दारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्