Logo
Logo

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै



वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार वीरगंजमा दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

पदम पार्टी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको बिरोधमा बिद्रोह गरेको बताए । नेकपा एमालेमा ब्यक्तिबादी हाबी हुँदै गाएको र त्यसले लोकतान्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै पार्टी बनाउनु परेको उनले बताए ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले धेरै चाडो एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने बताए । एकीकृत समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी भईरहेको उनले बताए ।

जुन पार्टीमा व्यक्तीबादी हाभी हुन्छ त्यो पार्टी लोकतान्त्रिक नहुने बताउँदै मुख्यमन्त्री राउतले त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भविष्य राम्रो भएको बताएका छन् ।

एकीकृत समाजवादी वीरगंज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न. २ का खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ती कार्की, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, दिनेश राई, चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष दिना गुप्ता, सचीव श्याम पटेल, नेता रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका नेताहरु बाबुराम कौसिक, रामबाबु बैठा, जसपाका पर्साका सचिव तबरेज अहमद, लोसपाका नेताहरु नेजामुदिन समानी, पुरुशोतम झा, ओमप्रकश सराफ, उधोगिहरु अशोक टेमानी, लोहियाबादी पार्टीका केन्द्रिय अध्यक्ष नन्दन यादव लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन एकीकृत समाजवादीका वीरगंज माहानगर सचीव बृजलाल पासवानले गरेका थिए भने अतिथिहरुलाई स्वागत उपाध्यक्ष मन्जुर आलमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्