Logo
Logo

न्यायालयको समस्याबारे गठबन्धनका शीर्ष नेताहरुबीच साझा धारणा बनाउँछौँ : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका छन् ।

शनिबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले न्यायालयका बारेमा गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने बताएका हुन् । उनले गठबन्धन बलियो र ठीक ढंगले अघि बढिरहेको तर्क पनि गरे ।

सरकारले पूर्णता पाईरहेको अवस्थामा सरकारले पनि बिस्तारै गति लिन थालेको उनले बताए । उनले प्रतिपक्षीले दिनहुँ संसद् गतिरोध गर्दा केही समय पर सर्दा समस्या हल हुने भएकाले प्रतिनीधिसभालाई रोकिएको स्पष्ट पारे ।

त्यस्तै उनले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विद्येयकहरु ल्याउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्