विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि केपी शर्मा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।
उनले शनिबार विराटनगरमा आयोजिक कार्यक्रममा बोल्दै अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका हुन् ।
उनले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताए । अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए ।
एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको उनले बताए ।
सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएर उनले बताए । मालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।














