Logo
Logo

प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न बार उपाध्यक्षको आग्रह



काठमाडौँ । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरुले मार्गप्रशस्त गर्नुहोस भनेको उनले बताए । त्यस्तै उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको जिकिर गरे । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि धारणा राखे ।

उनले न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरुले डे–वान देखि कुरा उठाएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्