Logo
Logo

चौथो बेलबारी गोल्डकप : हिमालय शेर्पा सेमिफाइनलमा प्रवेश



मोरङ। जिल्लामा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा हिमालय शेर्पा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको खेलमा गाईघाट फुटवल क्लव उदयपुरलाई शून्यको विरुद्ध ३ गोल गर्दै शेर्पा विजय बन्यो । १९ मिनेटमा मनिष थापाले ३५ याड टाढाबाट जीवन गुरुङको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए।

दोस्रो हापको ५५ मिनेटमा सेबी गुरूङ, ७१ मिनेट विश्वास श्रेष्टले गर्दै प्रतिस्पर्धीलाई ३ गोलीले पछि पार्यो।

गाईघाटका एलेक्स एन्डरलक्कीले शेर्पाका त्रिदेव गुरुङलाई फल गरेपछि पाएको फ्रिकिकमार्फत विश्वास श्रेष्टले गोल गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच शेर्पाका विशन गुरुङ घोषित भए । उनले नगद ५,५०० र ट्रफि प्राप्त गरे । अब शेर्पाले कात्तिक १५ गते हुने सेमिफाइनल खेलमा रोलिङ क्लब झापाको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टीमले ५ लाख र उपविजेता टीमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । कात्तिक १४ गते रारा फुटवल क्लब राजारानी र डाँगीहाट फुटबल क्लब बेलबारीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्