Logo
Logo

पुष्प प्रदर्शनीमा एकैदिन २५ लाखको कारोबार



काठमाडौं । गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ। ‘शुक्रबार र शनिबार जस्तै आर्थिक कारोबार हुने हो भने करिब रु ७० लाखको कारोबार हुन्छ’, अध्यक्ष तामाङले भने ।

फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ । प्रदर्शनीमा सबैभन्दा बढी गोदावरी फूल अवलोकन कर्ताको रोजाई बनेको बताइएको छ । मेलामा ४४ स्टल रहेको छ भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको एशोसिएशनको भनाइ छ ।

काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले मेलामा भाग लिएका छन् भने मेलामा ४०० प्रजातिका फूल रहेको छ । कारोना महामारी र बेमौसमी पानीको कारण यस वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्