Logo
Logo

प्रशिक्षक अलमुताइरीले भने- ‘नेपाल फर्कंदा खुशी छु’



काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो ।

शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।

उनले पछिल्लो तीन÷चार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए । अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको धेरै आग्रह गरेपछि बफू नेपाल आउन सहमत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्