Logo
Logo

‘ब्लड क्यान्सर’पीडितलाई पत्रकार राईको सहयोग



खोटाङ । वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्ने भएका छन् ।

अर्थावस्था कमजोर रहेका ब्लड क्यान्सरपीडित कटुवालको पाँच महिनादेखि काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

बालकको उपचारमा आर्थिक समस्या भएको सामाजिक सञ्जालमा देखेपछि थोेरै भएपछि आर्थिक सहयोग गरेको पत्रकार राईले जानकारीदिए ।

सोही अवसरमा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन विभाग प्रमुख टङ्क राईले नगद रु तीन हजार प्रदान गरेका छन् ।

बालकको उपचारमा अहिलेसम्म रु साढे चार लाख खर्च भइसकेको बुवा लेखबहादुर कटुवालले बताए । ‘छोराको उपचारका लागि अस्पतालले रु २५ लाख मागेको छ’ उनले भने, आफूसँग एक पैसा छैन ।

नाबालक छोराको ज्यान बचाइदिन सबैसँग हात जोडेर अनुरोध गरिरहेको छु ।’गत साउनदेखि उपचाररत बालकको उपचारमा यसअघि लागेको खर्च पनि ऋण काढेर गरिएको पीडित परिवारले बताएका छन् । काठमाडौंमै कोठा भाडामा लिएर उपचार गराइरहेको बालकलाई दैनिक परीक्षणमा अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्