Logo
Logo

बार परिसरमा कालो र सेतोपट्टी बाँधेर प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । आइतबार बिहान कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा एउटा पक्षले भने सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् । यसरी सेतोपट्टी बाँधेर प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुँडाल लगायत छन् ।

कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भएपनि न्यायनिरुपणको हकबाट नागरिक बन्चित भएको विषयमा सहमत नभएकाले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुको भनाइ छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीले चार दिनयता सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले समेत इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्