राष्ट्रपतिद्वारा बुद्ध जन्मस्थलसँगै अन्तर्राष्ट्रिय सभाहलको अवलोकन « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रपतिद्वारा बुद्ध जन्मस्थलसँगै अन्तर्राष्ट्रिय सभाहलको अवलोकन


दृष्टि संवाददाता


रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छन् । आइतबार पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

राष्ट्रपति भण्डारीले लुम्बिनीमा आएपछि बज्रयान बिहार उद्घाटन र पूजा गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरुयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अववधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराएका थिए ।

राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्