Logo
Logo

एमालेले जबर्जस्ती पोष्ट गाडेको भन्दै सेन्ट जेभियर्सको आपत्ति



काठमाडौं । गोदावरीस्थित खेल मैदानमा नेकपा एमालेको गोदावरी कमिटीले जवर्जस्ती पोष्ट गाडेको भन्दै सेन्ट जेभियर्स स्कूलले आपत्ति जनाएको छ ।

शनिबारका दिन विद्यालयको भोगाधिकार रहेको स्थानमा एमालेले एकलौटी रुपमा पोष्ट गाड्ने काम गरेको जेभियर्सले जनाएको छ ।
स्कूलले विज्ञप्ति जारी गर्दै अदालतको आदेशको समेत अवज्ञा गर्दै विद्यालयलाई कुनै पनि जानकारी, सहमति व छलफल नै नगरी सो पार्टीले हुलहुज्जतसहित फुटवल फिल्ड बनाउने भनी पोष्ट लगाउने कार्य भएकोमा हाम्रो आपत्ति छ ।’

विद्यालयको भोगाधिकार रहेको जग्गामा स्थानीय युवा तथा खेलाडीका लागि फुटवल फिल्ड बनाइरहेको छ । सोही स्थानमा नेपाल सरकारले विद्यालयको भोगाधिकारबाट २५ रोपनी कटाई ३ हजार क्षमताको सभाहल विद्यालयसँग समन्वय गरी बनाएको थियो ।

विगत ७० वर्षदेखि रहँदै आएको विद्यालय क्षेत्र केशर महलमा विद्यालयका शिक्षक कर्मचारीहरुको आवास गृह तथा सो वरिपरिका जमिनमा पटक पटक अनधिकृत कार्य विरुद्ध विद्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा २०७७ असार २६ गते पूर्ण इजलासले विद्यालयले दायर गरेको रिटको पक्षमा फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्