Logo
Logo

व्यक्ति नभई प्रवृत्तिविरुद्ध आन्दोलन गर्न बाध्य भएका हौँ : बार अध्यक्ष



काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको माग अघि सार्ने बताएका छन् ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बारले शुरु गरेको धर्नापछि उनले भने, ‘न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन संविधान संशोधनसम्मको माग अघि सार्न सक्छौँ ।’

उनले हाल संविधानमा रहेको न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको बताए । ‘न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन बाध्य भएर प्रधानन्यायाधीशजस्तो संस्थाको विरोधमा उत्रिनुपरेको हो’ उनले भने । कोही व्यक्तिविरुद्ध नभई प्रवृत्तिका विरुद्ध आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्