पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

आइतबार सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्यासको मुल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले सरकारले जनताको मतलव नगरेर मुल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिए ।

अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताए । हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उनले जनताको सेवा गर्न नसक्ने भए राजीनमा दिन शासक दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्